एभरेष्ट बैंकले दोस्रो त्रैमासमा कमायो १ अर्ब बढी नाफा
एभरेष्ट बैंकले यस वर्षको दोस्रो त्रैमाससम्ममा रू. १ अर्ब ५० करोड ९८ लाख २९ हजार खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिमा बैंकको खुद नाफा रू. १ अर्ब ४२ करोड ९९ लाख १५ हजार खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष खुद नाफा ५ दशमलव ५९ प्रतिशत बढी भएको हो ।