नेपाल बैंकको एफपीओ
नेपाल बैंकले आगामी असार १५ गतेदेखि एफपीओ निश्कासन गर्ने भएको छ ।
बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ बराबरको १ करोड ७६ लाख ८४ हजार
८ सय ५८ कित्ता एफपीओ निश्कासन गर्न लागेको हो ।हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । एफपिओ निष्कासनपछि बैंकको चुक्तापूँजी ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँको उचाईमा पुग्नेछ । एफपीओबाट प्राप्त ३ अर्ब १८ करोड रुपैयाँ प्रिमियम बैंकको सञ्चित कोषमा जम्मा हुनेछ भने चुक्तापूँजीमा १ अर्ब ७६ करोड ८४ लाख थपिनेछ ।