सानिमा बैंकले पारित गर्यो लाभांश प्रस्ताव
सानिमा बैंकले प्रस्तावित बोनस शेयर र नगद लाभांश बुधवार पारित गरेको छ । काठमाडौंमा १५ औं वार्षिक साधारण सभा सम्पन्न गरी १० प्रतिशत बोनस शेयर र ११ दशमलव ०५३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । गत वर्ष बैंकले १४ प्रतिशत नगद लाभांश दिएको थियो ।