सिटिजन्स बैंकको एफपिओ साउन १५ देखि बिक्रीमा आउने
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड(CZBIL) को थप सार्वजनिक निष्काशन (एफपिओ) साउन १५ गतेदेखि बिक्रीमा आउने भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा एक सय रुपैयाँ नै प्रिमियम थपेर प्रतिकित्ता २०० रुपैयाँका दरले एफपिओ निष्काशन गर्न लागेको हो ।बैंकले ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्काशन गर्न लागेको हो ।
बैंकको एफपिओमा यही साउन १५ देखि छिटोमा १८ गतेसम्म र ढिलोमा भदौ १४ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले न्युनतम ५० कित्ता देखि २३ सय कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
source:merolagani.com